काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।
रास्वपाले उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरिरहको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी सत्तागठबन्धनको बैठक पछि पार्टीहरुले कुन मन्त्रालय पाउने भन्ने टुंगो लाग्ने स्रोतले जनाएको छ ।
कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेपछि सरकारमा कसलाई सहभागी गराउने बारे नाम पार्टीले तय गर्ने छ।