भन्सारमै थन्कियो सवारी साधन | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

भन्सारमै थन्कियो सवारी साधन

काठमाडौं,१० पौष  ।   नेपालकै प्रमुुख भन्सार नाकाको रुपमा चिनिएको वीरगन्ज भन्सारमा साना ठुला गरेर दुुई हजारभन्दा धेरै सवारी साधन थन्किएर बसेका छन् । सवारी साधन आयातकर्ताले वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा ती सवारी थन्काएका छन् ।

बजारमा देखिएको आर्थिक अभावसंगै सवारी साधनको बिक्री घट्दो क्रममा रहेकाले भारतबाट आयात गरिएका १ हजार ८ सय साना,मझौला तथा ठुला सवारी व्यवसायिको शोरुम तथा गोदाममा हुनुपर्ने भए पनि हाल वीरगन्ज भन्सार कार्यालय परिसरमा थन्किएको छ ।

सरकारले बिलासिताका वस्तुु खरिदमा रोक लगाएसंगै बैंकहरुले समेत सवारी साधन खरिदका लागि ऋण नदिने भएको हो । जसका कारण आयातकर्ताले भन्सारबाट सवारी साधनको जाँचपास गराउन सकेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);