‘मलाई धोका दिने’ भन्दै प्रचण्ड देउवालाई चेतावनी दिदै निस्किएपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘मलाई धोका दिने’ भन्दै प्रचण्ड देउवालाई चेतावनी दिदै निस्किएपछि…

काठमाडौं, १० पौष । मलाई अहिले आएर धोका दिने ? नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यति भनेर सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका छन् ।

बैठकमा केहीबेर चर्काचर्की भएको बैठकमा सहभागी एक नेताले माउण्टेन टेलिभिजनलाई जानकारी दिएका छन् । ती नेताका अनुसार प्रचण्डले आलोपालो प्रधानमन्त्रीमा आफूले सुरुमा नेतृत्व पाउनुपर्ने विषय उठाए । तर, काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दाबी गरे । यसपछि चर्काचर्की भयो।

प्रचण्डले देउवाले दाबी नछाड्ने हो भने आफू विकल्पमा जाने सम्मको चेतावनी दिए । देउवा पनि कड्किएर दलहरुको संसदमा स्थिति बुुझेर मात्र कुरा गर्न भनेको बुझिएको छ । प्रचण्डले पनि विगतमा आफूले प्रधानमन्त्री बन्न साथ दिएको सम्झन भने ।

बैठकमा चर्काचर्की भएपनि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समयसीमा लम्ब्याउन आग्रह गरेर सहमति निकाल्नेतर्फ बढ्नुपर्नेमा जोड दिएका छन् ।

गठबन्धनमा चर्काचर्की भएसँगै विगतमा भएको भनिएको भद्र सहमति नै तोडिने चर्चा चलेको छ। विगतमा देउवा प्रधानमन्त्री हुँदा नै गठबन्धनमा मुख्य नेताहरुबीच आलोपालो प्रधानमन्त्रीको भद्र सहमति भएको प्रचण्डले खुलाइसकेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);