२ लाख भन्दा बढी अदक्ष श्रमिकले लिए श्रम स्वीकृती | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

२ लाख भन्दा बढी अदक्ष श्रमिकले लिए श्रम स्वीकृती

विद्या तामाङ \ माउण्टेन टिभी एचडि।

काठमाडौँ , पौष १०। नेपालबाट हरेक घन्टा ७२ जना नागरिक वैदेशिक रोजगारीका लागि बाहिरिने गरेका छन् । गत वर्षको वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार नेपालबाट ६ लाख ३० हजार ९० जना श्रमिक बाहिरिएका छन् । जसमा अर्ध दक्ष ५४ हजार ३ सय २८ दक्ष २ लाख ९१ हजार ८ सय ८८ र अदक्ष २ लाख ८३ हजार ६८ जनाले श्रमिकका रुपमा श्रम स्वीकृती लिएका छन् । त्यस्तै उच्च दक्षता हासिल गरेका १२५ पेशागत रुपमा ६ सय ८० जनाले श्रमिकका रुपमा श्रम स्वीकृती लिएका छन् । पहिलोको तुलनामा सिपमुलक तालिम प्राप्त गरी बाहिरने संख्या २ प्रतिशत बढेपनि उल्लेखनीय रुपमा भने देखिएको छैन् । तालिम प्राप्त नगरी अदक्ष श्रमिकको रुपमा उसले पाउनुपर्ने पारिश्रमिकमा भिन्नता हुने सरोकारवालाहरु बताउँछन् ।

यस वर्षको असारसम्मको तथ्यांक हेर्ने हो भने दक्ष र अदक्ष गरी ५लाख ८० हजार ९ सय ६२ महिला र ४९ हजार १ सय २८ नेपाली श्रमिक बाहिरिएका छन् । अदक्ष कामदारको रुपमा बाहिरिने महिलाको संख्या उल्लेखनीय देखिएको छ । वैदेशिक रोजगार विभागले व्यवस्थित सुरक्षित र मर्यादित रोजगारी दिलाउन प्रयास गरेको दाबी गर्नुहुन्छ विभागका महानिर्देशक उमाकान्त आचार्य, नेपालको अर्थतन्त्र चलायमान बनाउन वैदेशिक रोजगारीमा जाने नेपालीले ठुलै योगदान िपुत्याइरहेका छन् ।

उनीहरुको जीवनस्तर उकास्न तथा अझ प्रभावकारी रुपमा सिपमुलक तालिम प्रदान गरी दक्ष बनाउन सम्बन्धित निकाय लाग्नु पर्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);