प्रधानमन्त्रीद्वारा क्रिसमसको शुुभकामना, नेपालीबीच आपसी भाइचारा बढ्ने विश्वास | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

प्रधानमन्त्रीद्वारा क्रिसमसको शुुभकामना, नेपालीबीच आपसी भाइचारा बढ्ने विश्वास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इर्साइ धर्मालम्बीहरुको चाड ‘क्रिसमस डे’को अवसरमा शुभकामना दिएका छन् । ‘क्रिसमस डे’को अवसरमा देउवाले स्वदेश तथा विदेशमा बस्ने सम्पुर्ण इर्साइ धर्मालम्बी नेपालीहरुमा सुख, शान्ति र समृद्धिको शुुभकामना व्यक्त गरेका हुन् ।

देउवाले चाडपर्वलाई आफ्नो संस्कार र सस्कृतिको अभिव्यक्तिका रुपमा उत्साहपुुर्वक मनाउँदा सबै नेपालीबीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुुग्ने विश्वास व्यक्त गरेका छन् ।

यस पर्वले सबै नेपालीहरुबीच आपसी विश्वास,प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै लैजाने र समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गर्ने कामनाको साथ क्रिसमस पर्वको शुुभकामना दिएका छन् ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);