रोल्पामा खुल्यो जग्गाको कित्ताकाट | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

रोल्पामा खुल्यो जग्गाको कित्ताकाट

बुटवल। रोल्पाका १० मध्ये ९ स्थानीय तहले जग्गाको वर्गीकरण गरेका छन् । जग्गा वर्गीकरणका लागि संघीय सरकारले तोकेको समय सीमाभित्र सुनछहरी गाउँपालिकाबाहेक बाँकी सबै स्थानीय तहले जग्गा वर्गीकरण गरेका हुन् ।

‘हाल स्थानीय तहहरूले जग्गालाई कृषि र गैरकृषि गरी दुई क्षेत्रमा वर्गीकरण गरेका छन्,’  नापी कार्यालय रोल्पाका नापी अधिकृत पुरण चौधरीले भने, ‘गैरकृषि क्षेत्रको जग्गा भने केही समयपछि वर्गीकरण हुन्छ ।’ तोकिएको समयभित्र जग्गाको वर्गीकरण नगर्ने स्थानीय तहले भने अब एकैपटक १० प्रकारको वर्गीकरण गरेर जानकारी दिनु पर्ने नापी अधिकृत चौधरीको भनाइ छ।

भूउपयोग नियमावली ०७९ अनुसार गैरकृषि क्षेत्रलाई आवासीय, व्यासायिक, औद्योगिक, खनिज तथा खानी, वन, नदी, खोला, ताल तथा सिमसार, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, नेपाल सरकारद्वारा आवश्यकताअनुसार तोकिएको अन्य क्षेत्र गरी तोकिएको छ । सरकारले २२ मंसिरसम्म जग्गाको वर्गीकरण गरिसक्न सवै स्थानीय तहलाई परिपत्र गरेको थियो ।

जग्गाको वर्गीकरणसँगै अब जग्गाको कित्ताकाट  सुरु भएको हाे । स्थानीय तहहरूले जग्गाको वर्गीकरण समयमै नगर्दा लामो समयसम्म कित्ताकाट रोकिएको थियो । ‘अब कृषि क्षेत्रका लागि कम्तिमा एक हजार वर्गमिटर र आवासीय क्षेत्रका लागि कम्तिमा १३० वर्गमिटर  क्षेत्रफल भएको जग्गा कित्ताकाट हुन्छ ।’ नापी अधिकृत चौधरीले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);