नेपालका लागि गहुँ निर्यात गर्न भारतले कोटा छुट्यायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

नेपालका लागि गहुँ निर्यात गर्न भारतले कोटा छुट्यायो

काठमाडौं ।  नेपालका लागि भारतले गहुँ निर्यात गर्न कोटा छुट्याएको छ । ५० हजार मेट्रिकटन गहुँ मात्र आयात गर्ने अनुमति नेपालले पाएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दैे चार महिना भित्र गहुँ आयात गर्नुपर्ने गरी कोटा निर्धारण गरेको बताइएको छ । भारतले दूतावासमा मार्फत पत्राचार गरेर नेपाललाई सो परिमाणको गहुँ आयात गर्न दिने जानकारी गराएको मन्त्रालयको भनाइ छ ।

गत जेठ १ गतेदेखि गहुँ आयातका लागि औपचारिक निर्यात भने भारतले रोक्का गरेर नै राखेको थियो ।

यसअघि नेपालले गहुँको आयात खुलाउन भारतलाई पटक–पटक पत्राचार गरेको भएपनि सो पत्रको जवाफमा भारतले नेपाललाई चाहिने गहुँको परिमाण मात्र माग गरेको थियो ।

नेपाललाई वार्षिक ८ लाख मेट्रकटन गहुँ आवश्यक पर्ने व्यवसायीहरु बताउछन् ।

Leave a Reply