शोभराजले मिडियासँग कुरा गर्न किन चाहादैनन् ! | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

शोभराजले मिडियासँग कुरा गर्न किन चाहादैनन् !

काठमाडौं । फ्रान्सेली नागरिक चार्ल्स शोभराजले मिडियालाई आफ्नो फोटो खिच्न नदिन आग्रह गरेका छन् । शोभराजले आफूलाई मिडियाबाट टाढै राखिदिन केन्द्रीय प्रसासनलाई आग्रह गरेका हुन् । उनले मिडियासँग कुराकानी पनि नगर्ने बताएका छन् ।

सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै उनलाई अध्यागमनमा बुझाइने भएको छ । दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हन् ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधबार दिएको थियो ।

योसँगै केन्द्रीय कारागारले शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभाग बुझाउने तयारी गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);