बैतडीमा दुई वडाका बासिन्दाबीच झडप | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

बैतडीमा दुई वडाका बासिन्दाबीच झडप

काठमाडौं । बैतडीमा गाउँलेबीच कुटाकुट भएको छ । अस्पताल निर्माणको विषयमा विवाद हुुँदा गाउँलेबीच कुटाकुट भएको हो ।

दुुई वडाका बासिन्दाबीच झडप हुँदा ३५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुुई गाउँलेबीच १५ शैय्याको अस्पताल निर्माणको विषयमा विवाद सुुरु भएको हो ।

मेलौली नगरपालिका–१ र ७ का स्थानीयले आ–आफ्नो वडामा अस्पताल निर्माण गर्नुपर्ने माग राख्दै आएका थिए ।

दुवैपक्षबीच सहमति गरेर थप प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको बेला गाउँलेबीच झडप भएको स्थानीयले बताएका छन् ।

Leave a Reply