काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिरकरणले हिमालय एयरलाइन्सलाई दिएको भूमिस्थ सेवा (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) अनुमति खोसेकोे छ ।
हिजो बसेको प्राधिकरणको बैठकले अर्को निर्णय नआएसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेल्फ गाउन्ड ह्यान्डलिङ सेवा खारेज गर्ने निर्णय गरेको हो ।
हिमालय एयरलाइन्सलाई उक्त सेवा दिँदा नेपाल वायुसेवा निगमको आम्दानी २० प्रतिशतले घट्ने प्राधिकरणको ठहर छ ।
२०७७ असोजमा प्राधिकरणले हिमालय एयरलाइन्सलाई सेवाको अनुमति दिएको थियो । अहिलेको आर्थिक अवस्थामा निगमलाई सहयोग पुग्ने गरी प्राधिकरणले यस्तो निर्णय गरेको उल्लेख गरेको छ ।