विदेशिएकालाई प्राथकिमता दिँदै रविले खुलाए सीईओको आवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विदेशिएकालाई प्राथकिमता दिँदै रविले खुलाए सीईओको आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि आवेदन माग गरेको छ ।

चितवनस्थित कार्यालयका लागि पार्टीले विकास, शुसासन, व्यवस्थालगायतका सम्पुर्ण काम सम्हाल्न सक्नेबाट आवदेन आह्वान गरेको हो ।

बिहीबार प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथ लिएको भोलिपल्टै पार्टीका अध्यक्ष रवि लामिछानेले विदेशमा बसेका युवाहरुलाई जागिरको अवसर सार्वजनिक गरेका हुन् ।

रविले विदेशबाट फर्कनेलाई विशेष प्राथमिकता दिने भन्दै एअरपोर्टमा आफै लिन जाने पनि उल्लेख गरेका छन् ।

रविले बायोडाटा पठाउन समेत इमेल ठेगाना दिएका छन् ।

उनले लेखेका छन्,”यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका ब्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत ऋभ्इ भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु। कति बाकसमा मात्र फर्किनेरु अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन तरु शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो ऋख् मलाई पठाउनु होला। म तपाईं लाई लिन आफै एयर्पोर्ट आउछु।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);