काठमाडौं । बैतडीमा मृत भेटिएका शिक्षकको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले गरेको प्रारम्भिक अनुुसन्धानबाट पाटनमा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको खुलेको हो ।
गत पुस २ गते विष्टको शव कृष्ण माध्यमिक विद्यालयको होस्टेल पछाडी भेटिएलगत्तै प्रहरी अनुसन्धानमा खटिएको थियो । हत्याराहरु आजै सार्वजनिक गर्ने प्रहरीले तयारी गरिरहेको छ ।
४ जना शिक्षक र ७ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा थिए । ती मध्ये केहीले शिक्षकको हत्या गरेको स्वीकार गरेका हुन् ।