काठमाडौं । काठमाडौं महानगरले धोबीखोला देवीनगरमा बनेको अतिक्रमित संरचना हटाउने भएको छ ।
मेयर बालेन्द्र साहको उपस्थितिमा महानगरपालिका–१० वडाको देवीनगर श्रेत्रमा सार्वजनिक जग्गामा निर्माण भएका संरचनामा डोजर लगाउन लागेको हो ।
महानगरले मापदण्ड विपरितको होडिङ बोर्ड, नक्सा विपरितको वेसमेन्ट, फुटपाथ लगायतका अवैध संरचनाहरु हटाउने अभियान नै चलाएको छ ।
File Photo