शक्ति बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

शक्ति बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । आज सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएलगत्तै गठबन्धनको बैठक बस्ने तयारी गरिएको हो । बुधबार बस्ने भनिए पनि समय तोकिएको छैन ।

कांग्रेससहित अन्य गठबन्धन दलले पनि संसदीय दलको नेत चयन गरिसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस साँझ ५ बजेसम्म प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदको दाबी गर्न समय दिएकी छन् ।

प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखललगायत शक्ति बाँडफाँट गर्ने विषयमा गठबन्धन बैठक केन्द्रित रहने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);