दीपिकाको बिकिनीको मुद्दा संसदमा पुग्यो | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

दीपिकाको बिकिनीको मुद्दा संसदमा पुग्यो

एजेन्सी । बलिउड बादशाह शाहरुख खानको नयाँ फिल्म ‘पठान’ रिलिजअघि नै विवादमा परेको छ । कसैलाई फिल्ममा दीपिका पादुकोणको सुन्तला रंगको बिकिनीमा आपत्ति छ भने कसैलाई फिल्मको शीर्षकमा आपत्ति छ । मानिसहरूले यो फिल्म रिलिज नगर्न धम्की दिइरहेका छन् ।

यो मुद्दा संसदमा पुगेको छ । बसपा सांसद कुँवर दानिश अलीले प्रश्न गरेका छन्, ‘यदि सत्तामा बसेका मानिसहरूले फिल्मलाई प्रतिबन्ध लगाउनु हो भने सेन्सर बोर्डको काम के हो ?’

चलचित्र, लघु चलचित्र वा विज्ञापन चलचित्र जस्ता दृश्यरूपमा सार्वजनिक रूपमा रिलिज हुने जुनसुकै कुरालाई सेन्सर सर्टिफिकेट चाहिन्छ। यसका लागि सरकारले छुट्टै इकाई बनाएको छ । हामी यसलाई केन्द्रीय फिल्म प्रमाणीकरण बोर्ड अर्थात् ऋद्यँऋ वा सेन्सर बोर्डको नामबाट चिन्छौं। यहीँबाट यी चलचित्रले सेन्सर सर्टिफिकेट पाउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);