गगनका लागि यी नेताले गरे गुट परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २१ २०८१, बुधवार

गगनका लागि यी नेताले गरे गुट परिवर्तन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री आँकलन गरे भन्दा बलियो देखिएका छन् । शेरबहादुर देउवासँग संसदीय दलको नेतामा लड्न तम्सिएका थापाको पक्षमा युवा नेताहरुले गुट परिवर्तन गरेका छन् । निर्वाचन अगाबै उनीहरु गगनको पक्षमा खुलेरै लागेका हुन् । संसदीय दलको नेताको लागि उम्मेदवारी दिएका महामन्त्री गगनकुमार थापालाई कांग्रेसका प्रभावशाली युवा नेताहरूको समेत समर्थन देखिएको छ ।

कृष्णप्रसाद सिटौला समूहका प्रदिप पौडेल र डा. सशांक कोइराला पक्षका दिपक गिरी समेत गगनको पक्षमा देखिएका छन् । प्रदिप कांग्रेको १४औं महाधिवेशनमा सिटौला पक्षबाट महामन्त्री उम्मेद्वार थिए । दाङबाट निर्वाचित सांसद दिपक गिरी सशांक पक्षका हुन् । उनी पछिल्लो समय शेखर पक्षसँग नजिकिएको बुझिएको छ । यसैगरि प्रकाशमान पक्षका विश्वप्रकाश समेत गगनको पक्षमा देखिएका छन् ।

संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बनेका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेका छन् ।

कांग्रेसका प्रदीप पौडेल, मिनेन्द्र रिजालसमेतले थापालाई साथ दिएका छन् । जसमा मिनेन्द्र सांसद भने होइनन् । तर, उनीनिकट सांसदहरूसँग गगनको पक्षमा मत मागिरहेका छन् ।

कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएको छ । यद्यपि, संसदीय दलमा सभापति देउवाको बहुमत रहेको आँकलन छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);