कच्चापदार्थ पर्याप्त मात्रामा उपलब्ध नहुदाँ उत्पादन घट्दाे | (भिडियो रिर्पोट) | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

कच्चापदार्थ पर्याप्त मात्रामा उपलब्ध नहुदाँ उत्पादन घट्दाे || (भिडियो रिर्पोट)

विद्या तामाङ, माउण्टेन टेलिभिजन । चाखु नेपाली खाद्य परम्परासँगै संस्कृतिको पनि एक महत्वपूर्ण हिस्सा हो । जाडो याममा ताप र शक्ति प्राप्त गर्न मानिसहरु चाकु खाने गर्दछन् । नेवार समुदायका कतिपय व्यक्तिका लागि चाकु उत्पादन एउटा पुस्तैनी पेशा पनि हो । माघे संक्रान्ति नजिकिदै गर्दा अहिले काठमाडौँ उपत्यकाका लगायतका ठाउँमा चाकुको माग बढ्दै गएको छ ।

चाकु उत्पादनका लागि तामाको भाँडोमा सख्खरलाई एकदेखि डेढ घण्टासम्म विशेष रंग नआउञ्जेल पकाइन्छ । त्यसपछि त्यसलाई खन्याएर चाहिने जति रंग निकाल्न मज्जाले फेटेर चाकु बनाइन्छ । काठमाडौँ उपत्यकामा उत्पादन भएको चाकु नेपालका ७४ जिल्लामा निर्यात हुने गरेको छ । यस्तै नेपाल बाहिर पनि चाकु निर्यात हुने गरेको छ ।

विदेशबाट आयात हुने चक्लेटको सट्टा स्वदेशमा उत्पादन भएको चाकुको विक्री वितरण प्रर्वद्धन गर्न सरकारले भूमिका खेल्नुपर्ने व्यवसायीहरु बताउछन् । यद्यपि चाकु बनाउन प्रयोग हुने सबै कच्चा पदार्थ नेपालमा मात्र नपाइने हुनाले माग अनुसारको उत्पादन हुन नसकेको उनीहरुको भनाइ छ ।

कामदारको अभाव ,कच्चा पद्धार्थ पर्याप्त मात्रमा उपलब्ध नहुनाले माग अन्ुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरु गुनासो गर्छन् । नेपालमा बर्सेनी करोडौं रुपैयाँको विदेशी चलकलेट आयात हुने गरेको छ । चाकुको राम्रो बजारीकरण गर्दै यसको स्वादमा पनि नयाँपन दिन सके स्थानीयस्तरमा रोजगारीसँगै निर्यातको पनि ढोका खुल्ने संभावना छ । यसका लागि स्थानीय सरकारले पनि व्यवसायीहरुले भोग्नु परेको कठिनाइको गाँठो फुकाउन सहयोग गरिदिनु पर्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);