काठमाडौं, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेतामा अध्यक्ष रवि लामिछानेलाई चयन गरेको छ ।
आज बसेको पार्टीको बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।
दलको उपनेता,प्रमुख सचेतक र सचेतक भने चयन गरिएको छैन ।
७ महिना अघि दर्ता भएको उक्त पार्टीबाट गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षमा र समानुपातिकतर्फ १३ जना निर्वाचित भएका छन ।