रुपन्देही । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले रुपन्देहीका सामुदायिक विद्यालयले आफूहरूलाई देशकै उत्कृष्ट र नमुना प्रस्तुत गरिरहेको भन्दै खुसी व्यक्त गरेका छन् ।
कान्ति माध्यमिक विद्यालय बुटवलको ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै पौडेलले खुसी व्यक्त गरेका हुन् ।
रुपन्देहीमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास, विकास तथा सुधारका लागि आफ्नोतर्फबाट कुनै कसुर बाँकी नराखिने प्रतिबद्धता जनाए । रुपन्देहीको बुटवलमा रहेर मुलुकका २५ जिल्लाका विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको कान्ति माध्यमिक विद्यालयले आगामी दिनमा प्राविधिक धारका विषयको पठन पाठनलाई ध्यान दिँदै बढ्दै गएको शैक्षिक बेरोजगारी कम गर्न टेवा पु¥याउन विश्वास लिएको उनले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले विद्यालयको प्रगतिको कामना गरेका थिए । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक विद्यालयलाई अन्तरास्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रुपमा विकास गर्दै लैजाने ध्येयका साथ उपमहानगरपालिकाले कार्यक्रम गरिरहेको बताए ।