पुरुषमा किन हुन्छ बाँझोपन ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पुरुषमा किन हुन्छ बाँझोपन ( भिडियो रिपोर्ट )

प्रतिमा धरेल \ माउन्टेन टेलिभिजन एचडि ।

काठमाडौँ पौष ०२ ।  बाँझोपन भन्ने बित्तिकै समाजले महिलामाथि औँला उठाईहाल्छ । स्वास्थ्य समस्या भएतापनि यसले सामाजिक र मानसिक रुपमा महिलालाई थप कमजोर बनाईरहेको हुन्छ । यसको कारण पुरुषमा रहेको समस्यापनि हुन सक्छ भन्ने कुरा न समाजले बुझेको छ न त पुरुष स्वयम्ले स्वीकार्छ। तर पछिल्लो समय पुरुषमा पनि बाँझोपना व्याप्त बन्दै गएको छ।

आमाबाबु बन्नु एकआध बाहेक प्रायलाई संसारकै सबैभन्दा ठुलो खुसी र सन्तुष्टि हो । तर निकै प्रतिक्षा गर्दा पनि यो सम्भव नहुनुले व्यक्तिलाई निरास बनाउँछ । त्यो दुखमा समाजको प्रतिक्रियाले झन पिडा थप्छ । यसबाट हुने नैरास्यता मानसिक समस्या मा परिणत हुन थाल्छ । बाझोपनालाई धेरैले अभिसापको रुपमा लिने गर्छन् । यसमा पनि निसन्तान हुँदामो मुख्य दोष महिलाहरुलाई नै दिने सामाजिक परिपाटि छ। जबकि बाझोपना महिलामा मात्रै होईन पुरुषमा पनि हुने गर्दछ । पछिल्लो समय पुरुषमा बाझोपना व्याप्त र बढ्दो रहेको चिकित्सकहरु बताउँछन् ।

वीर्यमा हुने शुक्रकिटको मात्रा कम हुनु, शुक्रकिट स्वस्थ नहुनु वा शुक्रकिट नै नहुनु, विर्यनलीमा सिस्ट, ट्युमर पलाउनु, गुप्ताङ्गको विकास राम्रोसँग नभएको आदि अवस्थामा पुरुषमा बाँझोपनाको समस्या हुने गर्दछ । अस्वस्थ खानपान, मादकपदार्थ सेवन, धुमपान, आरामको कमि आदिका कारण पनि यो समस्या पछिल्लो समय बढ्दो छ । उपचार विधि पद्धति पर्याप्त भएपनि पुरुषहरुमा स्वीकार गर्ने आँट नहुँदा निदानमा समस्या आउने गरेको छ । जसकारण पुरुषमा एनजाईटी, डिप्रेसन जस्ता समस्याहरुपनि बढ्दै गएको डा. साहको अनुभव छ ।

समस्या प्रति सचेत रहन आवस्यक छ। आत्तिने, दुःखी हुने भन्दापनि समस्या समाधानतर्फ लाग्नु उचित हुन्छ। श्रीमान श्रीमती एकसाथ चिकित्सकको परामर्समा जाने हो भने बेलैमा यसको समाधान खोज्न सकिन्छ । अहिले विज्ञान र प्रबिधिले ठुलो छलाङ मारीसकेको छ।

बाँझोपनका बारे समाज र विषेश गरेर पुरुषले आफ्नो धारणा बदल्न आवश्यक छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);