सहमतिमै अध्यादेश अघि बढाउन गठबन्धनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

सहमतिमै अध्यादेश अघि बढाउन गठबन्धनको आग्रह

काठमाडौं, ६ पुस । बाम गठबन्धनका नेताहरुले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश सहमतिमै अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

बाम गठबन्धनमा आवद्ध एमाले नेता पार्वत गुरुङ र माओवादी केन्द्रका नेता अग्नी सापकोटाले सहमति मै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश अघि बढाउन सरकारसँग आग्रह गरेका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता गुरुङले सरकारले संविधान विपरीत आफ्नो स्वार्थ अनुकूल ल्याएको राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेशलाई सहमतिमा अघि बढाउनुको विकल्प नरहेको स्पष्ट पारे ।

माओवादी केन्द्रका नेता अग्नी सापकोटाले आफूहरुले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश सहमतिमै अघि बढाउन चाहेको स्पष्ट पारे । उनले सरकारले ल्याएको अध्यादेशमा सहमति जुटाउन आफ्नो पार्टी तयार रहेको बताए ।

नेता सापकोटाले सरकारले ल्याएको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश संविधानसम्मत नभएकाले त्यसको विरोध गर्नु परेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);