ग्वार्कोको फ्लाई ओभरको प्रतिक्षा, निर्माण अवधिभर ट्राफिक जामको चिन्ता ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

ग्वार्कोको फ्लाई ओभरको प्रतिक्षा, निर्माण अवधिभर ट्राफिक जामको चिन्ता ( भिडियो रिपोर्ट )

बिद्या तामाङ \ माउन्टेन टेलिभिजन एचडि।

काठमाडौँ ,पौष ०२। सरकारको पूर्ण लगानीमा ललितपुरस्थित ग्वार्काे चोकमा ‘फ्लाई ओभर’ निर्माण कार्य गत शुक्रबारबाट सुरु भएको छ । इपीसी मोडेलमा तयार हुने फ्लाई ओभरले सडकमा हुने ट्राफिक जामको समस्यालाई निराकरण गर्ने विश्वास छ । कुल ५ सय ४० मिटर ओभर पास निर्माणका लागि गत वर्षको फागुन १० गते आयोजनाको ठेक्का आरसी, समानान्तर र रेलिग्रेले डिजाइन सहित पाएका हुन् । तर, काम झण्डै १० महिना ढिलो सुरु गरियो ।

२ वर्षको सम्झौता अनुरुप अब १४ महिनाभित्र उक्त ओभर पास निमार्ण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। ५ सय ४० मिटर लम्बाई, १६ मिटर चौडाई, बीचमा ३५ मिटरको पुल बन्ने विभागले जनाएको छ। बालकुमारी तर्फबाट ३२० मिटर लम्बाइको र सातादोबाटोमा झर्न १८५ मिटर लम्बाइको ¥याम हुने जनाइएको छ । निमार्ण कार्य सुरु भएसँगै ग्वार्को चोकको सडकमा भने ट्राफिक जामको समस्या बढ्दै गएपछि प्रहरीलाई समाधानको चुनौती बढेको छ।

पहिलोपटक निर्माण हुन लागेकाले ओभरपासको गुणस्तरको विषय पनि उठेको छ।

फ्लाई ओभर निर्माणपछि इमाडोल र मंगलबजारबाट आउने सवारी साधन र कलंकी हुदैँ रिंगरोडबाट आउने सवारी साधनबीचको चाप कम हुनेछ । रिंगरोडबाट आउने सवारी साधन ओभर पासबाट गुड्नेछन् । देशका ट्राफिक जाम बढी हुने चोकहरुमा यस्तै फ्लाई ओभर आवश्यक भइसकेको छ। तर, निर्माणमा ढिलाई हुने हुँदा सर्वसाधारणले लामो समय जामले कष्ट भोग्नुपरेको उदाहरणहरु पूर्वाधार क्षेत्रमा देखिन्छन् । ग्वार्को चोकमा पनि त्यो अवस्था नआओस् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);