शीतलहरसँगै चिसो अत्यधिक बढेपछि सजगता अपनाउन कपिलवस्तु प्रशासनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कपिलवस्त, ६ पुष । शीतलहरसँगै चिसो अत्यधिक बढेपछि कपिलवस्तु प्रशासनले स्थानीय बासिन्दालाई सजगता अपनाउन आग्रह गरेको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सम्बन्धित कार्यालयहरूको बैठक डाकी स्थानीयलाई सतर्क गराएको हो ।

बैठकमा कपिलवस्तु प्रशासनका साथै पशुसेवा कार्यालय, कृषि विकास कार्यालय, महिला विकास कार्यालय, जिल्ला अस्पताल, वन कार्यालय र जिल्ला प्रहरी कार्यालयका अधिकारीको उपस्थिति थियो । चिसोसँगैको शीतलहरका कारण कपिलवस्तुको जनजीवन कष्टकर बनेको छ । मानिसमा रुघाखोकी, झाडापखाला लगायतका समस्या देखापरेको छ । चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् । चिसो अत्यधिक बढेपछि बालीनाली र पशुचौपायामा समेत विभिन्न समस्या देखापरेको स्थानीयले बताएका छन् । बजार तथा पसल छोटो समयमात्र खुल्न थालेका छन् ।

सेवाग्राही जान छाडेपछि सरकारी कार्यालय र संघ–संस्थाहरु सुनसान बन्दै गएका छन् । विद्यार्थी कममात्र जान थालेपछि विद्यालयहरुको पठनपाठन प्रभावित बनेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);