स्वतन्त्र निर्वाचित सांसदले सिंहदरबारमा कार्यालय राख्न पाउँछन् त ! | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

स्वतन्त्र निर्वाचित सांसदले सिंहदरबारमा कार्यालय राख्न पाउँछन् त !

काठमाडौं, २ पुस । स्वतन्त्र निर्वाचित भएका सांसदहरुले सिंहदरबारभित्र कार्यालय राख्न पाउने व्यवस्था रहेको छ । संघीय संसद सचिवालयले स्वतन्त्र रुपमा निर्वाचित भएका सांसदहरुलाई एउटा कोठाको व्यवस्थापन गर्ने जनाएको छ ।

सचिवालयको अनुसार स्वतन्त्र सांसदलाई एउटा कोठा दिइने पहिले देखिकै अभ्यास छ । नेकपा एमाले त्यागेर स्वतन्त्र रुपमा निर्वाचित भएका प्रभु साह, अमरेशकुमार सिंह, लालवीर चौधरी, योगेन्द्र मण्डल र किरणकुमार साहलगायत स्वतन्त्र रुपमा निर्वाचित भएका छन ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल अघिल्लो चुनावमा पनि पार्टीबाट एक्लै निर्वाचित भएका थिए भने भर्खरै सम्पन्न भएको चुनावमा पनि उनी भारी मतान्तरले निर्वाचित भएका हुुन । त्यस्तै निर्वतमान सांसद राष्टिय जनमोर्चाकी दुुर्गा पौडेललाई एउटा कोठा दिइएको थियो । अहिले उक्त पार्टीबाट चित्रबहादुर केसी निर्वाचित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);