कर्मचारीका कारण हाम्रो प्रदेशमा हप्तामा तिन दिन मात्र काम हुन्छः मुख्यमन्त्री पाण्डे | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

कर्मचारीका कारण हाम्रो प्रदेशमा हप्तामा तिन दिन मात्र काम हुन्छः मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कर्मचारीका कारण संघीयताको कार्यान्वयनलाई निकै बाधा पुगेको आरोप लगाएका छन् ।

शुक्रबार एक समाचार एजेन्सीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले आफ्नो प्रदेशमा जम्मा तीन दिन मात्रै काम हुने गरेको बताएका हुन् । ‘हाम्रो प्रदेशमा जम्मा तीन दिन भन्दा बढी काम हुँदैन । मंगलवार, बुधवार र बिहीवार । त्यो कर्मचारी शुक्रवार बिहानदेखि नै काठमाडौँ आउनपट्टी लाग्छ । काठमाडौंबाट गएको छ अफिसरहरु सबै । सचिवहरु सबै । आईतबार यतै घुमेर बस्छ र काज भनेर हिडिँराख्छ । सोमवार ढल्किँदै ढल्किँदै बेलुकी साँझमा पुग्छ मन्त्रालय हाजिर हुनलाई । मंगलवार बिहानबाट काम थाल्छ । जम्मा ३ दिन काम हुन्छ, उनले भनेका छन् ।’

प्रदेशमा पनि केन्द्रले नै कर्मचारी पठाउँदा संघीयता कार्यान्वयनमा गाह्रो भएको उनको भनाई थियो । यसका लागि आफुले काम गरिरहेको समेत उनको दाबी थियो । प्रदेश र स्थानीय तहका लागि प्रदेशबाटै कर्मचारी पठाउन अध्यादेश ल्याइसकेको समेत उनले बताएका छन् ।

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);