रामपुर क्याम्पसको इकाई सभापतिमा आशिष देवकोटा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

रामपुर क्याम्पसको इकाई सभापतिमा आशिष देवकोटा

काठमाडौं, १ पुुस । कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत रामपुर क्याम्पस, चितवनको सभापतिमा आशिष देवकोटा निर्वाचित भएका छन् । नेपाली कांग्रेस राप्ती नगर सभापति एवं उपमेयर देवेन्द्र लामाको प्रमुख आथित्यतामा सम्पन्न इकाई अधिवेशनबाट देवकोटा क्याम्पस सभापतिमा चुनिएका हुन् ।

यस्तै वरिष्ठ उपसभापतिमा विवेक अर्याल, उपसभापतिमा आशिका भुसाल, आरती चापागाईं, प्रतिक सुनुवार चयन भएका छन् । सचिवको जिम्मा हिमाल साउदले पाएका छन् । देवकोटाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएका छन् ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपसभापति विवेक अर्याल, उपसभापतिहरु आशिका भुषाल, आरती चापागाईं, प्रतिक सुनुवार, सचिव हिमाल साउद, कोषाध्यक्षमा प्रतिक्षा भुषाल, सहसचिव गोकुल शर्मा,अभिषेक ठाकुर,रवि रञ्जन कुसुवा निर्वाचित भएका छन ।

त्यसैगरी, सदस्यहरुमा विशाल पाण्डे, अतुल बराल, प्राचीन पौडेल, सागर ग्यावलि, ओषिका कुँवर, दिक्षा अधिकारी, मात्रिका अधिकारी, विजय कुमार सिंह, क्रियसा पौडेल, सुभेक्षा बराल, गणेश पौडेल, सन्सिला पोख्रेल, प्रज्मा श्रेष्ठ, आस्था गौतम र अनुसुया पौडेल चयन गरिएको सभापति देवकोटाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);