आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने वरिष्ठ नेता खनालको दाबी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने वरिष्ठ नेता खनालको दाबी

२९ फाल्गुन, नवलपरासी । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ ।

आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने वरिष्ठ नेता खनालको दाबी

२९ फाल्गुन, नवलपरासी । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ ।

एमालेको मेची महाकाली अभियान अन्र्तगत आइतबार नवलपरासीको भुमहीमा भएको सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता खनालले अभियानले निर्वाचनको सुनिश्चितता गराउने भन्दै निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभयो । राष्ट्रियता, स्वाधिनता र नेपाली जनताको स्वाभिमानका विषयमा कुनै सम्झौता नगर्ने उहाँको भनाइ थियो ।

उहाँले एमालेको अभियानलाई कुनै शक्तिले रोक्न नसक्ने बताउनुभयो । कार्यक्रममा नेता माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महाससचिव ईश्वर पाखरेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । त्यसैबिच एमालेको अभियानमा निकालिएको ¥यालीलाई मधेशी मोर्चाका कार्यकर्ताले बासाबसही चोकमा कालो झण्डा देखाएर विरोध जनाएका थिए । यस्तै बन्दको अवज्ञा गरेको भन्दै सदरमुकाम परासीमा मोर्चाका कार्यकर्ताले दुई वटा सवारी साधन तोडफोड गरेका छन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);