काठमाडौं । सरकाले राष्ट्रपति समक्ष पठाएको अध्यादेश रोक्नेविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशव्यापी संघर्ष गर्ने भएको छ ।
३ बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने षडयन्त्र भइरहेको भन्दै नेकपाले बिभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीद्वारा घोषित कार्यक्रम अनुसार पौष १ गते दिउँसो २ बजे देशव्यापी प्रदर्शन, पौष २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र देशका मुख्य मुख्य शहरहरुमा अन्तर्किया, पौष ४ गते बेलुका मशाल जुलुस र ५ गते बिहान १०–११ बजेसम्म १ घण्टा चक्काजामको कार्यक्रम रहेका छन् ।





