तिन दिनमा भएका तिन अर्थपूर्ण भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तिन दिनमा भएका तिन अर्थपूर्ण भेट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दौडलाई तिब्रता दिइरहँदा कांग्रेस नेता अर्जुननरसिंह केसीको राजनीतिक भेटवार्ता बाक्लिएको हो । केसीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग निवासमै पुगेर भेटेका छन् ।

आइबार, सोमबार र मंगलबार भएका भेटहरुमा केसीले सरकार निर्माणको विषयमा कुराकानी गरेको बुझिएको छ । पछिल्लो समय केसीका ज्वाईं समेत रहेका गगन थापाको सक्रियता पनि बढेको छ ।

कांग्रेस संसदीय दलका नेता बन्न गगनले सबैतिरबाट तयारी थालेका छन् । सोहि क्रममा उनले ससुरा समेत रहेका केसीलाई आफ्नो पक्षबाट राजनीतिक लबिङ गर्न लगाएको बुझीएको छ ।

ओलीले केसीलाई सहकार्य गरेर सरकार बनाउन प्रस्ताव गरेको बुझिएको छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सरकार गठनसहित राजनीतिक, समसामयिक विषयमा कुराकानी गरेका थिए । नेपालसँगको आजको भेटमा पनि राष्ट्रिय राजनीतिबारे महत्त्वपूर्ण कुराकानी भएको जनाइएको छ ।

कांग्रेसमा सरकारको नेतृत्व लिन आधा दर्जन आकांक्षी छन् । तर, अन्य आकांक्षीको भन्दा गगनको सक्रियता बढी देखिन्छ । केसीले नवनिर्वाचित सांसदहरुको भेटलाई समेत बढाएका छन् ।

कांग्रेसबाट जितेका नयाँ अनुहारलाई आफ्नो पक्षमा ल्याउन गगनले प्रयास गरिरहेका छन् । तर, पुराना नेताहरुलाई पनि साथमै लिनुपर्ने भएकाले गगनले संसदीय दलको नेता बन्न सबै अस्त्र प्रयोग गरिरहेका छन् । फरक दलका तिन नेतृत्वसँगको केसीको भेटलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);