नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । सडक मर्मत सम्भारका लागि आगामी पुस ५ गतेदेखि एक महिनासम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

नारायणघाटतर्फबाट छिर्ने यात्रुबाहक सवारी साधनले पन्ध्र किलो बजारदेखि जुगेडीसम्म रोकिनु पर्नेछ भने मालबाहक सवारीसाधनले भतेरी जंगलदेखि रामनगरसम्म रोकिनु पर्नेछ ।

यता काठमाडौंतर्फबाट जाने यात्रुबाहक सवारीसाधन मुग्लिन बजारदेखि  मनकामना केबलकार गेटसम्म र पोखराबाट आउने सवारीसाधन बेनीटारदेखि पावर हाउससम्म रोकिनुपर्ने बताइएको छ । काठमाडौंबाट जाने मालबाहक सवारी लेवाटारमा र पोखराबाट आउने सवारी आँबुखैरेनीमा रोकिनु पर्नेछ ।

ती स्थानमा सबै सवारीसाधनलाई दिउँसो ३ बजे मात्र छाडिनेछ । सवारीसाधन रोक्दा वा चलाउँदा लेन अनुशासन पालना गर्न र लामबद्ध भएको अवस्थामा ओभरटेक नगर्नसमेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);