अध्यादेश ल्याउने सरकारको निर्णय गलतः राष्ट्रिय जनमोर्चो | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

अध्यादेश ल्याउने सरकारको निर्णय गलतः राष्ट्रिय जनमोर्चो

janamorcha

काठामाडौं, २७ मंसिर । राष्ट्रिय जनमोर्चाले सरकारले फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न ल्याउँन लागेको अध्यादेशको विरोध गरेको छ ।

नयाँ सरकार गठनमा बहुमत पुर्याउने उद्देश्यले रेशम चौधरीलाई जेलमुक्त गर्न खोजिएको भन्दै जनमोर्चाले अध्यादेश ल्याउन राष्ट्रपतिकोमा सिफारिस गरेको कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सरकारले टिकापुर जघन्य हत्याकाण्डमा संलग्न रेशम चौधरीलाई जेलमुक्त गर्नका लागि फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न अध्यादेश ल्याउन राष्ट्रपतिकोमा सिफारिस गरेको कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ‘सरकार बनाउन बहुमत पु¥याउने उद्देश्यले दण्डहीनतालाई प्रश्रय दिन अध्यादेश ल्याउन सरकारले गरेको निर्णय गलत छ ।’

Leave a Reply