सुनको मूल्य घट्यो | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

सुनको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य मंगलबार तोलामा २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख रुपैयाँ कायम भएको छ। यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९९ हजार पाँच सय रुपैया तोकिएको छ। यसको मूल्य अघिल्लो दिन ९९ हजार सात सयमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी तोलाको १३ सय ९० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।

Leave a Reply