काठमाडौं । होलीमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै काठमाडौ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
आइतबार बिहानैदेखि काठमाडौं उपत्यकाका चोक चोकमा प्रहरी र ट्राफिक प्रहरी खटिएका छन् । ट्राफिक प्रहरीले सवारी चालकले सवारी अनुमतिपत्र बोकेको न बोकेको र सवारी चलाउदा मादक पर्दार्थ सेवन गरेकोलाइ कडा कारवाही समेत गरेको छ ।
उपत्यकाका चार सय ठाउँमा प्रहरीको चेकिङ भैरहेको छ । होलीकै लागि थप ३ हजार प्रहरी खटिएका छन् । यस्तै जथाभावी लोला हाने वा रंग दल्नेलाई सार्वजनिक अपराधमा मुद्दा लगाउने र २५ हजार रुपैयाँ जरीवाना समेत हुने प्रहरीले जनाएको छ ।