थाइल्यान्डमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या १ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

थाइल्यान्डमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या १ करोड

कोलम्बो। थाइल्याण्डले सन् २०२२ मा १ करोड अन्तर्राष्ट्रिय पर्यटक भित्र्याएकाे छ ।  महामारीबाट तंग्रिएसँगै थाइल्यान्ड भ्रमण गर्न जाने पर्यटकको संख्या पनि बढ्दो छ । सन् २०१९ मा थाइल्यान्डले करिब ४ करोड पर्यटकलाई स्वागत गरेको थियो । तर, महामारीको समयमा लगाइएको प्रतिबन्धका कारण पर्यटन उद्योग नराम्ररी प्रभावित भएको थियो ।  सरकारले यस वर्ष पर्यटन क्षेत्रबाट १६ अर्ब डलर राजस्व संकलन गर्ने  लक्ष्य राखेको छ ।

एक करोडको जनसंख्या पुगेको अवसरमा साउदी अरेबियन एयरलाइन्सको उडानबाट अवतरण गरेका यात्रुहरूलाई शनिबार बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा परम्परागत ढोलक र नर्तकहरूले स्वागत गरेका थिए। विमानस्थलमा बोल्दै थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले भने, ‘आकाश खुला छ । थाइल्याण्ड अझै पनि विश्वभरका मानिसहरूको (शीर्ष) पर्यटक गन्तव्यहरूमध्ये एक हो भन्ने विश्वास जगाउन चाहन्छौं ।’

यस हप्ता अर्थमन्त्री अर्खोम टर्मपिटायापाइसिथले सरकारले अर्को वर्ष पनि आगन्तुकहरूको संख्यामा वृद्धि हुने अपेक्षा गरेका थिए ।

सरकारको तथ्यांकअनुसार थाइल्याण्डले सन् २०२३ मा २ करोड ३० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

Leave a Reply