काठमाडौं, २५ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले सपथ ग्रहण गर्नु भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उहाँले सपथ ग्रहण गर्नु भएको हो ।
माछापुच्छ्रे बैंकको मंसिर १२ गते बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।
राष्ट्रिय एंव अन्र्तराष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाईसक्नु भएका डा.महतो “गैर आवासीय नेपाली संघ”का संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।