मोरक्को पहिलो पटक सेमिफाइनलमा, पोर्चुगल बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

मोरक्को पहिलो पटक सेमिफाइनलमा, पोर्चुगल बाहिरियो

काठमाडौं ।अफ्रिकन टोली मोरक्को शनिबार राति पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकपको इतिहासमै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । युसुफ अल नासिरीले पहिलो हाफमा गरेको हेड गोल निर्णायक बनेपछि मोरक्को सनसनीपूर्ण नतिजा निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

दोहास्थित अल थुमामा रंगशालामा मोरक्कोका लागि खेलको ४२औं अटिया अल्लाहको क्रसमा युसुफ अल नासरीले गोल गरे । यस अघि पोर्चुगलले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको थियो । पोर्चुगलका दर्जनभन्दा बढि खतरनाक प्रयासलाई बिफल बनाउँदै टोलीले अफ्रिकी फुटबलमा पहिलो पटक सेमिफाइलनमा स्थान बनायो । खेलमा मोरक्कोले जम्मा २७ प्रतिशत पोसेसन राखेको थियो । मोरक्कोले अन्तिम १६ मा पूर्व च्याम्पियन स्पेनलाई टाईब्रेकरमा निराश पारेको थियो ।

Leave a Reply