अलैंची बेचेको २० लाख लिएर दुई सन्तानकी आमा फरार | ईमाउण्टेन समाचार

Our Network

असार ३२ २०८३, शुक्रबार

अलैंची बेचेको २० लाख लिएर दुई सन्तानकी आमा फरार

काठमाडौँ, ५ पुस । उत्तरी षडानन्द नगरपालिकाको दिङ्लामा एक महिला ठूलो रकम लिएर फरार भएकी छन्।

षडानन्द नगरपालिका-८, दिङ्ला, निगुरेकी ३३ वर्षीय लक्ष्मी गुरुङले २० लाख रुपैयाँ लिएर फरार भएकी ईलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ। चित्रबहादुर गुरुङकी कान्छी पत्नी लक्ष्मीले अलैंची बेचेर कमाएको २० लाख रुपैयाँ कुम्लाएर फरार भएकी हुन्। सोमबार बिहानै घरमा अन्य लत्ताकपडासहित नगद लिएर फरार भएको पति गुरुङले बताए।

लक्ष्मीले घर छाडेको दिन दिउँसो ४ बजे देउरानी चमेली गुरुङलाई फोन गरेर आफूलाई नखोज भनेकी थिइन्। पतिले उनको खोजीका लागि प्रहरीमा उजुरी दिइसकेका छन्। गुरुङ दम्पतीका ११ वर्षीया एक छोरी र ८ वर्षीय एक छोरा छन्। उनीहरु अलैंची व्यापार व्यावसाय गर्दै आएका थिए। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

ताजा समाचार