अमेजोनले २० हजार कर्मचारी कटौती गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अमेजोनले २० हजार कर्मचारी कटौती गर्दै

न्युयोर्क। आगामी महिनाहरूमा अमेजोनले कर्पोरेट कार्यकारीहरूसहित लगभग २० हजार कर्मचारीहरूलाई हटाउन सक्ने कम्प्युटरवल्र्डले रिपोर्ट गरेको छ । विश्वव्यापी रूपमा १६ भन्दा बढीलाई रोजागरी दिएको टेक जायन्टले सम्भवतः विभिन्न विभागका कर्मचारीहरूलाई बिदा गर्नेछ । यसमा वितरण कार्यकर्ताहरू, कर्पोरेट कार्यकारीहरू, र प्रविधि कर्मचारीहरू समावेश छन् ।

कटौतीले सबै तहका कर्मचारीहरूलाई हटाउने काममा असर पर्ने जनाइएको छ। अमेजोनले १० हजार कर्मचारीहरूलाई बर्खास्त गर्ने योजना बनाएको गत महिना न्यूयोर्क टाइम्सले रिपोर्ट गरेको थियो,  जुन प्रविधि कम्पनीको इतिहासमा सबैभन्दा ठूलो कटौती हुनेवाला थियो । तर, अब बर्खास्त गरिएका कर्मचारीको संख्या दोब्बर हुन सक्ने रिपोर्टमा जनाइएको छ।

अमेजोनले विगत केही दिनमा आफ्ना प्रबन्धकहरूलाई उनीहरूले कर्मचारीहरू बीचको कार्यसम्पादनसँग सम्बन्धित विषयहरू पत्ता लगाउन भनेको छ। स्रोतका अनुसार बर्खास्त गरिएका कर्पोरेट कर्मचारीहरूले कम्पनीको सम्झौता अनुसार २४ घण्टाको सूचना र विच्छेदको तलब पाउनेछन् । जागिर कटौतीको बारेमा थाहा पाएपछि कर्मचारीहरू त्रसित बनेका छन् । कटौतीका लागि अमेजोनले विशेष विभाग वा स्थानलाई निशाना बनाइरहेको प्राप्त विवरणमा जनाइएको छ । उक्त कदमले व्यापारभरका सम्पूर्ण कर्मचारी प्रभावित हुने जनाइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);