गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून

काठमाडौं। गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदको बाहुल्यता देखिएको छ। यस प्रदेश सभाका ३६ सिटमा २ वटामा मात्र महिला उम्मेदवार विजयी भएका छन् । विजयी हुनेहरूमा प्रदेश सभामा १२ सिटसहित दोस्रो बनेको नेकपा एमालेबाट सीताकुमारी सुन्दास र पदमा जिसी छन् ।

उनीहरू क्रमशः स्याङ्जा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ र  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । यस प्रदेशमा सबैभन्दा १८ सिटसहित कांग्रेस पहिलो दल बनेको छ।

उक्त दलबाट एक जना पनि महिला उम्मेदवार विजयी भएनन् । यस्तै यहाँ नेकपा माओवादी केन्द्रले ४, नेपाल समाजवादी पार्टीले एक र एक जना स्वतन्त्र सांसद विजयी भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);