रातो मछिन्द्रनाथको जिउँदो प्रेमीका ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

रातो मछिन्द्रनाथको जिउँदो प्रेमीका ( भिडियो रिपोर्ट )

बिसंतर शाक्य माउण्टेन टेलिभिजन। प्रेम शब्दले मानिसलाई आनन्द र तरंगित बनाउँदछ। प्रेमले धनी, गरिब, सानो, ठूलो केही भन्दैन । त्यसैले त प्रेमको रसमा डुब्नेहरु आफ्नै संसारमा रमाईरहेका हुन्छ। प्रेममा मानिस त के भगवान पनि डुबेपछि अनि बन्छन् चाखलाग्दा कथा । आज हामी तपाईहरुलाई बर्षा र सहकालका देवता मछिन्द्रनाथकी प्रेमीकासँग भेट गराउँदै छौं ।

उनी हुन रातो मछिन्द्रनाथकी जिउँदो प्रेमीका लक्ष्मी महर्जन। किंबदन्ति अनुसार रातोमछिन्द्रनाथको आगमनपछि उपत्यकामा बर्षा र सहकाल सुरुभयो । गाउँ शहरमा उल्लास छायो । मछिन्द्रनाथ त्यही रमझम हेर्दा हेर्दै कीर्तिपुर पुगे । प्याँगठाँ भन्ने ठाउँमा पुग्दा एक सुन्दर युवती देखेपछि उनी मोहित भए । रातो भेषभूषामा अत्यन्तै सुन्दर युवकलाई देखेपछि युवती पनि यति मुग्ध भइन कि युवकको बारेमा सोध्ने फुर्सदै भएन । प्रेमको सागरमा डुबेका मछिन्द्रनाथ पाटन फर्कन विर्सिए । भोटो जात्राको दिन तान्त्रिक पुजारीहरुले रातोमछिन्द्रनाथको मूर्तिमा आत्मा देखेनन् । तान्त्रिक ध्यानबाट हेर्दा कीर्तिपुरमा प्रेमिकासंग बसिरहेको थाहा पाएर पुजारीहरुले उनलाई भेटेर जात्राको समय भइसक्यो भन्दै पाटन फर्कन आग्रह गरे। मछिन्द्रनाथले विदा माग्दै गर्दा भावुक हुँदै युवतीले आफूलाई बर्षमा एक दिन भेट्न आउनु पर्ने सर्त राखिन । शर्त स्वीकार भयो । उनै प्रेमिकाको स्वरुप मानिन्छिन लक्ष्मी महर्जन ।

उनलाई प्रत्येक बर्ष रातोमछिन्द्रनाथको तर्फबाट फूल दिन जाने प्रचलन अहिलेसम्म पनि यथावत रहेको छ। लक्ष्मीलाई प्रत्येक बर्ष भोटोजात्राको ४ दिन पहिले रातोमछिन्द्रनाथको रथको दायाँ बस्ने मूलपुजारीले चाँदीको थालमा भगवानको प्रशाद र त्वा स्वाँ अर्थात गुणकेशरी फूल रातो मछिन्द्रनाथको तर्फबाट प्रदान गर्न गर्दछन् । यो प्रक्रियालाई रातो मछिन्द्रनाथ र प्रेमीकाको मिलनको रुपमा मानिन्छ । फूल र प्रसाद दिने काम रातो मछिन्द्रनाथ र युवतीको पहिलो भेट भएको स्थान मानिने प्यंग ठाँमा रहेको मण्डला सहितको मन्दिरभित्र गरिन्छ। यहाँ रातोमछिन्द्रनाथलाई हात समातेर रोइरहेकी कन्या कुमारीको मार्मिक चित्र राखिएको छ । हालै सोही चित्र अन्ुसारको मुर्ति पनि स्थापना गरिएको छ।

७६ बर्षिय लक्ष्मी जहिल्यै रातो पहिरनमा दुलहीझैं सधैं सजिएर बसेकी हुन्छिन् । यस्तो लाग्छ उनी आफ्नो प्रेमीको पखाईमा छिन । बोल्न नसक्ने लक्ष्मी आफ्ना दाजुभाइको घरमा बसिरहेकी छिन । कहिले गम्भिर हुने कहिले मज्जाले हाँसेको देख्या जोकोही पनि एउटा पुरानो कथाको स्मृतिमा पुग्छ । रातोमछिन्द्रनाथको प्रेमीका बन्ने सौभाग्य लक्ष्मी महर्जनको वंशजहरुलाई मात्र छ । अहिले उनको स्थान लिन सक्ने अविवाहित कोही नभएपनि भाइ खलककी २ बर्षको एउटी नातिनी छिन । लक्ष्मीपछि रातोमछिन्द्रनाथको प्रेमको प्रतिक फूल लिन पाउने अवसर उनलाई प्राप्त हुनेछ।

जिवित देवीसँगै जिवित प्रेमिकाको परम्परा रहेको यस्तो जीवन्त संस्कृति र परम्परालाई स्थानीय तह र राज्यले सम्मान र संरक्षण गर्नु आवश्यक रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);