मदिरा, मोबाइल र गाडीको आयात प्रतिबन्ध फुकुवा | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८१, शुक्रबार

मदिरा, मोबाइल र गाडीको आयात प्रतिबन्ध फुकुवा

wine 1

काठमाडौं, २१ मंसिर । सरकारले मदिरा, मोबाइल र गाडीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय लिएको छ । मन्त्रिपरिषदको मङ्गलबार बसेको बैठकले विलासी भनिएका त्यस्ता वस्तुको आयात फुकुवाको निर्णय लिएको हो ।

पौषको सुरुबाट आयात फुकुवाको निर्णय लागु हुने जनाइएको छ । विदेशी मुद्रा संचितीका लागि भन्दै वैशाखबाट विभिन्न १० प्रकारको वस्तु आयात प्रतिबन्ध लगाएको थियो । भदौमा ६ प्रकारका वस्तुमा भने आयात खुलाई बाँकी ४ मा आयात प्रतिबन्ध थियो ।

आयात प्रतिबन्ध लागेकामा विदेशी तयारी मदिरा, ३ सय डलरमाथिका मोबाइल, सबै प्रकारका निजी चार पाङ्ग्रे सवारीसाधन र १५० सीसीमाथिका मोटरसाइकल थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);