भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८१, आइतबार

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

काठमाडौं। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको आर्थिक सहयोगमा दुई आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। नाफिजले फाउन्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी– नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको हो।

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे । लिमा अधिकारी स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन् ।

आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गर्न लागिएको नाफिजले जनाएको छ। पुरस्कारले स्वस्थ तथा खोजमूलक आर्थिक पत्रकारितालाई प्रबद्र्धन गर्ने उसले अपेक्षा गरेको छ।

यो वर्षको ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ २८ मंसिरमा नाफिजको छैटौं महासभाको विशेष समारोहमा ५०–५० हजार रुपैयाँको दरले दुईजना पत्रकारलाई प्रदान गरिने भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);