मलेसिया विरुद्ध नेपालद्धारा १ सय २८ रनको लक्ष्य प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

एजेन्सी, १ पौष। थाइल्यान्डको ब्यांककमा जारी एसीसी यु १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई १ सय २८ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेटको नोक्सानीमा १ सय २७ रन बनाएको थियो । आठौं नम्बरमा ब्याटिङ गरेका प्रतिश जिसीले टोलीका लागि सर्वाधिक २५ भने नारायण जोशी र सुनिल भण्डारीले समान १७ रन जोड्न सफल भए।

त्यस्तै ओपनर कुशल मल्ल ६, राजन मगर ११ रन, विक्रम केसीले १५ रन, कप्तान रित गौतमले ११ रन र त्रितराज दासले १३ रन बटुले। मलेसियाको लागि मोहम्मद अफिकले सबैभन्दा बढी ३, असलम खानले २ विकेट लिए ।

मलेसियाले अब केही समयमा ब्याटिङ गर्नेछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);