बाजुरा। निर्वाचन सम्पन्न भएको १२औँ दिनमा थालिएको बाजुराको मतगणना पुन रोकिएको छ। बिहीबारबाट थालिएको मतगणना शुक्रबार पुनः मुचुल्काभन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको गणना रोकिएको हो। हिमाली गाउँपालिका –६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी ४० मत देखिएपछि गणना रोकिएको हो।
मतगणनाको पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डेले ५ हजार ४१९ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई एमाले उम्मेदवार कर्णबहादुर थापाले ४ हजार १२९ मतसहित पछ्याइरहेका छन् ।
बाजुरामा कुल मतदात ८३ हजार ५६७ रहेकोमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६५ मत खसेको छ।