कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको बेथिति : बिमितको कार्ड लिने फिर्ता नगर्ने  | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको बेथिति : बिमितको कार्ड लिने फिर्ता नगर्ने 

जुम्ला। चन्दननाथ नगरपालिका–५ की राइदेवी कार्की चार महिनाअघि कर्णाली स्वास्थ्य प्रतिष्ठानमा स्वास्थ्य उपचारका लागि गएकी थिइन् । मधुमेहकी रोगी कार्कीले स्वास्थ्य बिमा गरेको आधारमा उपचारका लागि प्रतिष्ठान गएकी हुन् ।  प्रतिष्ठानमा टिकट काट्ने एक कर्मचारीले बिमा कार्ड राखेर रातो पुर्जी दिएर भित्र पठायो । उपचार गरेर फर्किदा कार्ड लिन उनले भुलिन् । पछि खोज्दा प्रष्ठिानले कार्ड हरायो भनेर फर्काइ दियो । –तातोपानी–२ की रामदेवी बुढाले पनि नयाँ कार्ड बनाइदिन भन्दै स्वास्थ्य बिमा बोर्डमा निवेदन दिएकी छिन् । उनको कार्ड पनि प्रष्ठिानले नै हराइदिएको हो ।  कार्की र बुढा त प्रतिनिधि पात्र मात्रै हुन् । जुम्लामा पछिल्लो ११ महिनामा एक हजार दुई सय ५० जनाले हराएको भन्दै नयाँ कार्ड बनाएका छन् । यसमध्ये अधिकांश उपचारका क्रममा हराएको बताउने गरेका छन् ।

सरकारले विपन्न नागरिकको उपचारमा सहज होस भनेर स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको हो । तर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लापरवाहीका कारण उपचार गरेनै पिच्छे जुम्लाबासीले नयाँ कार्ड बनाउनु पर्ने अवस्था छ । स्वाथ्य बिमा बोर्ड जुम्लाका अनुसार जुम्लामा ६२ हजार नागरिककले स्वाथ्य बिमा गरेका छन । कार्कीका अनुसार प्रतिष्ठानका कर्मचारीले सुरुमै कार्ड मागेर आफैसँग राख्छन् र रातो पुर्जी दिन्छन् । उक्त पुर्जीले उपचार भए पनि कार्ड भने तीन बजेपछि मात्रै दिने गर्छन । टाढा घर हुने सर्वसाधारण उक्त कार्ड अर्को दिन लिने भन्दै जाने गर्छन र पछि आउँदा हराएको जवाफ पाउँछन् । स्वाथ्य बिमा बोर्ड जुम्लाका संयोजक कमल रावतका अनुसार ११ महिनामा नयाँ कार्ड बनाएर ६२ हजार रुपैयाँ संकलन भएको छ । कार्ड बनाउन आउने अधिकांशले उपचारको क्रममा हराएको जवाफ दिने गरेका छन् । हराएको कार्ड पुनः बनाउँदा एउटाको ५० रुपैयाँ लाग्छ ।

उपचारअघि बिमा कार्ड प्रतिष्ठानले राख्नै पर्ने हो र ?
प्रतिष्ठानले बिमा कार्ड जमानत राखेर मात्रै उपचार गर्ने गरेको छ । कार्ड राखेर रातो पुर्जा दिने र सोही दिन ३ बजे कार्ड फिर्ता गर्ने नियम बनाएको छ। तर, यो नियम नेपाल सरकारले बनाएको भने होइन । प्रतिष्ठानले आफ्नो सहजताका लागि बिरामीलाई दुःख दिने गरेको सेवाग्राहीहरूको आरोप छ । उपचार सकिएपछि पनि कार्डकै लागि कुर्न पर्ने हुँदा बिरामीले थप दुःख पाउने गरेका छन् ।  संयोजक रावतका अनुसार प्रतिष्ठानले एउटा बिमितको कार्डबाट बिमा नै नगरेकाको समेत उपचार गर्दै आएको फेला परेको बताए । उनले भने, ‘प्रतिष्ठानको लापर्वही बढ्दो छ । बिरामीले ल्याएको बिमा कार्ड आधिकारिक हो होइन समेत जाँच गर्दैन ।’ उनका अनुसार बिमा गरेका नागरिक उपचार गर्न आउदा कार्ड स्यान गरेर बिरामीलाई नै फिर्ता दिनुपर्छ । तर, प्रतिष्ठानले कार्ड नै जमानत राखेर रातो पुर्जी दिँदा नागरिकले हरेक पटक नयाँ कार्ड बनाउनु पर्ने बाध्यता छ।

बिमा अनुसारको औषधि नपाएको गुनासो
बिमा गरेका नागरिकले सरकारले तोकेअनुसारको औषधि समेत नपाएको गुनासो गरेका छन् । मेडिसिन सिटीक्यान गर्दा बिमाबाटै उपचार पाउनु पर्ने उल्लेख छ । तर, प्रतिष्ठानका कर्मचारीले छुट्टै पैसा उठाउने गरेका छन् ।

इन्टरनेटको समस्याले कार्ड राख्ने गरेका हौं : प्रतिष्ठान
कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराई जुम्लामा इन्टरनेटको समस्याका कारण सधै कार्ड स्क्यान गर्न नमिल्ने गरेको बताउँछन् । त्यसै कारण बिरामीलाई रातो पुर्जी दिने र पछि कार्ड फिर्ता गर्ने गरेको उनको भनाइ छ ।  कार्ड स्क्यान गरेर उपचारमा जाँदा ढिला हुने भएकाले यो स्टिम लागु गरेको उनको भनाइ छ। बिरामीलाई पुर्जा दियर उपचार गराउने अनि कार्ड बिस्तारै स्यान गर्ने गरेको उनले बताए । स्वास्थ्य बिमा कार्यक्रमका लागि प्रतिपरिवारबाट वार्षिक तीन हजार पाँच सय बुझाउनुपर्छ । उनीहरूले प्रतिव्यक्ति एक लाखसम्मको उपचार पाउने गर्छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);