न्युयोर्क। प्रदुषण फैलाएको भन्दै एउटा बातावरणबादी समूहले ८ देशका विभिन्न स्थानमा ९०० वटा गाडीको टायरको हावा फालिदिएको छ। द गार्डियनका अनुसार सोमबार राति र मंगलबार बिहान करिब ९०० स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) को हावा फालिएको वातावरणीय कार्यकर्ता समूह द टायर एक्जिङुइसर्सले दावी गरेको छ। ‘रातारात समूहले नेदरल्याण्डको एम्स्टर्डम र एन्सेडे, फ्रान्सको पेरिस र लियोन, जर्मनीको बर्लिन, बोन, एसेन, ह्यानोभर र सारब्रुकेन, बेलायतको ब्रिस्टल, लीड्स, लन्डन र डन्डी, स्वीडेनको माल्मो, इन्सब्रुकमा कारबाही गरे । अस्ट्रियामा, स्विट्जरल्याण्डको जुरिच र विन्टरथर र अमेरिकाको न्यूयोर्कमा पनि समूहले कारबाही गरेको छ’ न्युज आउटलेटले रिपोर्ट गरेको छ।
‘हिजो राती (सोमबार, नोभेम्बर २८ को साँझ र मंगलबार नोभेम्बर २९ को बिहान) आठ देशका नागरिकहरूले लगभग ९०० वटा प्रदूषित एसयूभीहरूमा टायरहरू डिफ्लेसन गरे’ कार्यकर्ता समूहले एक विज्ञप्तिमा भन्यो।
‘यो इतिहासमा उच्च–कार्बन सवारी साधनविरुद्धको सबैभन्दा ठूलो विश्वव्यापी कारबाही हो’, विज्ञप्तिमा भनिएको छ।