आज तीन अंकले बढ्याे नेप्से | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आज तीन अंकले बढ्याे नेप्से

काठमाडौं। मंगलबार नेप्से परिसुचकमा ०.१५ प्रतिशत अर्थात करिब तीन अ‌ंकले उकालो लागेको छ। सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा रोकिएके थियो। सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो। मंगलबार २५ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाखभन्दा बढीको कारोबार  हुँदै १९५३.३५ अंकमा बन्द भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ। यस्तै, १९६ कम्पनीहरुको कारोबार हुँदा १२० कम्पनीमा वृद्धि भएको छ। ६७ कम्पनी घाटामा गएको र नौ कम्पनी स्थिर रहेको रहेको छ। धौलागिरी लघुवित्त वित्तिय संस्था १५.३०, एनसिसि बैंक ८.९९ अंकले वृद्धि भएको छ। हिमालयन डिस्टिलरी ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाँको कारोबार भएको र नबिल बैंककाे भने ४ करोड ३१ लाख ६१ हजार ८९२ रुपैयाँको कारोबार भएको छ।

मंगलबार विकास बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बिमा, माइक्रो फाइनान्स, र म्युचुअल फण्ड  कम्पनीहरूमा वृद्धि भएको छ। अरु कम्पनीहरूमा ओरालो लागेको नेप्सेले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);