अब मुलुकको महत्वपुर्ण निर्णय नयाँ सरकारले गर्नेछः प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

काठमाडौँ, २९ मंसिर। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार काम चलाउ भईसकेको स्वीकार गर्दै अब मुलकको महत्वपुर्ण निर्णय आफुले नगर्ने बताएका छन्।

निर्वाचनमा अनपेक्षित हार व्यहोरिरहेको काँग्रेस नेतृत्वको सरकारलाई मुलुक सम्बन्धी कुनै पनि महत्वपुर्ण निर्णय नगर्न एमालेले समेत चेतावनी दिँदै आएको थियो।

प्रधानमन्त्री देउवाले शुक्रबार विहान मधेश आन्दोलनको घटनाबारे छानवीन गर्न गठित आयोगको प्रतिवेदन बुझ्दै यसको विस्तृत अध्ययन गरी ठोस निर्णय लिने काम नयाँ सरकारले मात्रै गर्ने पनि बताएका छन् ।

प्रतिवेदनमा मधेश आन्दोलनको क्रममा ६६ जनाको ज्यान गएको र त्यसमध्ये ४ जनालाई अझै सहिद घोषणा गर्न बाँकि रहेको उल्लेख गरिएको छ ।

आयोगले मधेश आन्दोलनका पीडितले दिएको ६ हजार ६ सय ६४ वटा निवेदनलाई समेत ध्यानमा राखेर मधेश आन्दोलनको घटनाबारे सत्यतथ्य छानवीन गरेको हो ।

सर्वोच्च अदालतका पूर्व न्यायाधिश लालको अध्यक्षता गठित ७ सदस्यीय छानवीन आयोगले बुझाएको ७ सय ९ पृष्ठ लामो प्रतिवेदनमा मधेश आन्दोलनका क्रममा १० जना सुरक्षाकर्मीको समेत ज्यान गएको उल्लेख गरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);