काठमाडौं । सोमबार सुनको मूल्य प्रति तोला तीन सय रुपैयाँले घटेको छ । बिहीबारदेखि आइतबारसम्म स्थिर रहेको सुनको भाउ सोमबार आइपुग्दा घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ९७ हजार पाँच सय रुपैयाँमा किनबेच भएको छ । आइतबार यो ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदी पनि सस्तिएको छ । आइतबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँ सस्तो भएको हो । महासंघका अनुसार सोमबार चाँदी तोलामा एक हजार दुई सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार यसको मूल्य एक हजार दुई सय ९५ रुपैयाँ पुगेको थियो ।
सोमबार तीन सय रुपैयाँले घट्यो सुनको भाउ
ताजा समाचार
आज रास्वपाको संसदीय दलको बैठक
४० मिनेट अघि
प्रतिनिधि सभाको बैठक बस्दै
४३ मिनेट अघि
एक महिनासम्म चल्ने स्वस्थानी व्रत आज समापन हुँदै
४६ मिनेट अघि
पहिलो गभर्नर हिमालयशमशेर राणाको ९५ वर्षमा निधन
१ घन्टा अघि