चितवन, २८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानको मर्म र भावना अनुरुप मुलुक अघि बढ्ने बताएका छन् ।
अध्यक्ष दाहालले वामपन्थी गठबन्धन विजयी भए मुलुकमा अधिनायकवादी शासन आउँछ भन्ने काँग्रेसको आरोप गलत सावित भईसकेको दावी गरे । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले संविधानको मर्म र भावना बाहिर गएर कुनै पनि काम नहुने स्पष्ट पारे ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले बिहीबार निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले काँग्रेस भन्दा विगतका घटनाक्रमले समेत नेपालमा वामपन्थीहरु नै बढी लोकतान्त्रिक भएको पुष्टि भईसकेको पनि उल्लेख गरे ।
अध्यक्ष दाहालले मुलुकलाई समृद्धि तर्फ लैजान वाम गठबन्धनले गरेका चुनावी एजेन्डा कार्यान्वयन गर्न आफू प्रतिवद्ध रहेको बताए ।